मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शताब्दी पुरुष सत्यमोहन जोशीकाे निधन


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको आज १०३ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको बताइएको छ ।

उक्त समयमा जोशीको निधन भएको अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले बताए । स्वास्थ्यमा समस्या देखिएपछि जोशी असोज ७ गते किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए ।

मुटु र प्रोष्टेटको समस्या झेलिरहेका जोशीलाई पछिल्लो समय डेंगु पुष्टि भएको थियो ।