काठमाडौं । अर्बपति व्यवसायी विनोद चौधरीले बाइक चढेर चुनावी प्रचार प्रसारमा हिँडिरहेको तस्वीर सार्वजनिक गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत् चौधरी स्वयंले लु ५६ प ९१५५ नम्बरको मोटरसाइकलको पछाडि बसेर चुनावी प्रचारमा हिँडिरहेको तस्वीर सार्वजनिक गरेका हुन् ।
चौधरी नेपाली कांग्रेसबाट नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा उम्मेद्वार छन् । नवलपरासीमा चौधरीका मुख्य प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी छन् ।
‘अघिबढीसकेका छन् मेरा यी पाइलाहरु अब न थाक्ने छन्, न रोकिने नै छन्,’ चौधरीले लेखेका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी गर्दै किसानका हर समस्या समाधान गर्दै, बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समयसापेक्ष आमूल परिवर्तन गर्ने अठोटका साथ, आफ्ना जनता, साथिभाइ अनि दाजुभाइबीच उभिएको छु । धेरै हेर्यौँ र पर्खियौँ अब समृद्धि र विकासको सपना छिटैँ पूरा गरौँ । म जनताको साथमा,अनि देशको आमूल परिवर्तन हाम्रो साथमा ।’
SHARE YOUR THOUGHTS