![](https://internal.appharu.com/wp-content/uploads/2018/06/pakrau.jpg)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन नं ४ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ ।
अयोगले उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा भेटिएकाले बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
‘नवराज सत्याल र करारमा कार्यरत पलम्बरबखत बहादुर थापाले खानेपानी सम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियारको टोलीले पक्राउ गरेको हो,’ जारी सूचनामा उल्लेख छ ।
SHARE YOUR THOUGHTS