![](https://internal.appharu.com/wp-content/uploads/2022/10/citizen-bank-768x578.jpg)
काठमाडौं । सिटिजन्स बैंकको १६ औं साधारणसभा सम्पन्न भएको छ । सभाले बैंकले लगानीकर्तालाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
बैंकले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट करसहित ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । यो प्रस्ताव सभाले पारित गरेको छ । यो सँगै बैंकले दिने लाभांश लगानीकर्ताले पाउनेछन् ।
सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानको प्रस्ताव पारित गरेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने तथा प्राप्तिका लागि आवश्यक कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइएको छ ।
SHARE YOUR THOUGHTS