![](https://internal.appharu.com/wp-content/uploads/2022/10/sinhadarwar-DSC_8537-7-768x511.jpg)
काठमाडौं । हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् । तर अवस्था उही छ । बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ ।
वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरुको अझै पुनःनिर्माण राम्रोसँग सकिएको छैन । नेपालको इतिहास झल्काउने राजामहाराजाको फोटो, सालिक, मूर्तीहरु फालिएको अवस्थामा छन् । केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ ।
गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ । सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ । तर आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन सकेको छैन ।
सिंहदरबार भित्र जो कोही सर्वसाधारण जनता पस्न पाउँदैन । पावर र पास बिना सिंहदरबार छिर्ने कल्पनासमेत गर्न सकिँदैन । अधिकांश सर्वसाधारण जनताले सिंहदरबार कस्तो छ भन्नेकुरा पत्तै पाएका छैनन् ।
प्रधानमन्त्री, मन्त्रीहरुको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधासम्पन्न र नमूना होला भन्ने लाग्छ नै । तर सोचजस्तो छैन सिंहदरबार । त्यहाँ भित्रका दृश्यहरु अव्यवस्थित छन् ।
सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरुमा पोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ । नयाँ, पुराना सवारीसाधन त्यत्तिकै बेवारिसे फालिएको छ, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन् ।
मन नै कटक्क खाने गरि नयाँ र पुराना बहुमूल्य सवारीसाधनहरु त्यत्तिकै मिल्काइएको छ । यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसँग छैन । सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरु सिंहदरबारको मुटु जोगाउने एजेण्डामा बेखबर छन् ।
यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्नेछैन । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरु-
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/sinhadarwar-DSC_9115-3-768x480.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/sinhadarwar-DSC_9115-2-768x476.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/sinhadarwar-DSC_8537-14-768x511.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/sinhadarwar-DSC_8537-13-768x511.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/sinhadarwar-DSC_8537-12-768x511.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/sinhadarwar-DSC_8537-1-768x478.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/sinhadarwar-DSC_8537-2-768x495.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/sinhadarwar-DSC_8537-10-768x485.jpg)
SHARE YOUR THOUGHTS