![](https://internal.appharu.com/wp-content/uploads/2022/02/Rajendra_Prasad_Lingden-768x384.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको प्रतिष्पर्धा एमालेसँग हुने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङदेनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताए ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरु १ सयभन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै उनले नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको उनले तर्क गरे ।
आगामी निर्वाचनमा पनि पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरुलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने उनको भनाइ थियो ।
कांग्रेस र माओवादी लगायतका दलहरुका मतदाताहरु अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै उनले कांग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको दाबी गरे ।
आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने उनको भनाइ थियो ।
SHARE YOUR THOUGHTS