![](https://internal.appharu.com/wp-content/uploads/2022/10/indigo.jpg)
एजेन्सी । भारतको दिल्लीबाट बेंगलुरु उड्न लागेको इंडिगोको एक बिमानमा आगो लागेको छ । उडान भर्न लागेको समयमा विमानको इन्जिनमा आगो लागेको थियो ।
भारतीय सञ्चारमाध्यकाअनुसार आगलागी शुक्रबार राति भएको हो । यसका कारण दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा इमर्जेन्सीको घोषणा गरिएको थियो । यो घटना रातको करिब १० बजेको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार, दिल्लीबाट बेंगलुरु गइरहेको फ्लाइट ६ ई-२१३१ ले टेकअफ गर्न समय प्राविधिक समस्याको सामाना गरेको थियो ।
समस्या आउनासाथ पाइलटले विमानको उडान रोकेको समाचारमा जनाइएको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेको र उनीहरुलाई पछि अर्को विमानमार्फत पठाइएको जनाइएको छ ।
विमानमा १७७ यात्रु र चालक दलका सात सदस्य सवार थिए ।
स्पाइसजेटको एक अर्को विमान इंडिगोको विमानपछि उड्ने तयारीमा रहेको थियो । तर इंडिगोको विमानमा आगो लागेपछि स्पाइसजेटका पाइलटले कन्ट्रोल रुममा फोन गरेका थिए । इंडिगो विमानको इंजनमा आगलागी भएको सूचना उनले दिएका थिए ।
SHARE YOUR THOUGHTS