बैंकिङ क्षेत्रमा व्यक्तिगत र पेशागत सफलताका लागि कस्ता आनीबानी आवश्यक हुन्छन् ? « Eglish Khabarhub

बैंकिङ क्षेत्रमा व्यक्तिगत र पेशागत सफलताका लागि कस्ता आनीबानी आवश्यक हुन्छन् ?


१४ कार्तिक २०७९, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । महिला र पुरुषका आफ्ना आफ्नै बानी हुन्छन् । मानिसका बानीहरु उनीहरुको जीवनलाई सहज बनाउने उपायहरुमा पर्छन् ।

बैंकिङ क्षेत्रमा अग्रस्थानमा बसेर काम गरिरहेका दर्जन बढीलाई एउटा प्रश्न सोधियो- तपाईंहरुको पेशागत जीवनको सफलतामा भूमिका खेल्ने बानीहरु के के हुन् ?

बैंकिङ क्षेत्रमा सक्रिय रहेका केही महिला नेतृत्वकर्ताहरुले यसको बारेमा आआफ्नो जवाफ दिएका छन् । यो रिपोर्ट हामीले भारतको सञ्चारमाध्यमहरुबाट साभार गरेका हौं । नेपालको बैंकिङ क्षेत्र तथा अन्य क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागि पनि यो सामाग्री उपयोगी हुनसक्छ ।

इन्दुजइन्ड बैंकमा ‘मिड कर्पोरेड बैंकिङ एण्ड एसएमइ बिजनेस’ विभागकी ‘कन्ट्री हेड’ रहेकी मानु जैंन बानीहरु बन्नुको कारणबारे बताउँदै भन्छिन्, ‘जब तपाईं कुनै बानी बनाउनुहुन्छ, तब दिमाग आफैं परिमार्जित भएर त्यो काम गर्न कम उर्जा खर्च गर्ने र त्यसलाई सहज बनाउने किसिमको बनिदिन्छ । र यो नै राम्रो बानी बनाएर तपाईंले पाउने फाइदा हो ।’

यो विश्लेषणसँगै केही महिला नेतृत्वकर्ताहरुले अवलम्बन गरेका बानीहरुलाई हेरौं ।

‘फुल्लेट्रोन इण्डिया क्रेडिट कम्पनी’की पूर्व एमडी तथा सिइओ राजश्री नम्बैर आफ्नो सफलताको प्रमुख कारण आत्म-अनुशासन भएको बताउँछिन् ।

‘आफ्नो स्वास्थ्य, आफ्नो परिवारसँग बिताउने समय, आफ्नो जीवन र व्यस्त कामलाई मिलाउने कुरामा मेरो आत्म-अनुशासनले नै मलाई आफ्नो पेशागत जीवनलाई व्यवस्थित गराउन सहयोग गरेको छ ।’ उनी विस्तारमा बताउँछिन् ।
उनको अर्को बानी भनेको आफ्नो रुचिलाई महत्व दिनु पनि हो । किनकी, काम मात्रै उनको सबै र एकमात्र प्राथमिकता होइन । उनी भन्छिन्, ‘मेरो प्रमुख रुचि भनेको पकवान बनाउने हो । किनकी, यसले मलाई तनाव मुक्त हुन र आराम गर्न सहयोग गर्छ । मलाई म्याराथन कुद्न पनि मन पर्छ । म आफू यात्रामा हुँदा समेत दैनिक एक घण्टा आफ्नो वरिपरीको क्षेत्रमा दौडिने कोसिस गर्छु ।’

राजश्रीसँग अर्को एउटा आकर्षक रुचि छ, जसलाई उनले आफ्नो बानी नै बनाएकी छिन् । उनको तेस्रो बानी भनेको अनिवार्यरुपमा यात्राका लागि कामबाट विश्राम लिनु हो । उनी हरेक वर्ष गर्मीको मौसममा कुनै नयाँ देश भ्रमणमा जाने गर्छिन् । उनी गर्वका साथ भन्छिन्, ‘मैले अहिलेससम्म ३९ देशहरु घुमिसकेकी छु ।’

‘डिएमएस बैंक इण्डिया’मा सामूहिक रणनीतिक मार्केटिङ (ग्रुप स्ट्राटेजिक मार्केटिङ)’ र सञ्चार विभागकी कार्यकारी निर्देशक रहेकी शोमा नारायणनका लागि आफूसँग भएको पढ्ने बानी प्रमुख हो, जुन उनले स्कुल र कलेजका दिनहरुबाटै आफूसँग राखेकी छिन् । अहिले उनी आफ्नो विशेषज्ञताको क्षेत्र (मार्केटिङ, सञ्चार र स्थिरता)को विषयमा पढ्छिन् । सँगै यो भन्दा बाहेक साधारण रुचिका क्षेत्रका किताबहरु पनि अध्ययन गर्छिन् । उनी भन्छिन्, ‘यो नै जुनसुकै क्षेत्रको सफलताको प्रमुख कारण हो ।’

उनको दोस्रो बानी भनेको कुनै पनि नयाँ कुरालाई आफ्नो बानी बनाउने हो । उनी विस्तार गर्दै भन्छिन्, ‘म मासिकरुपमा कुनै नयाँ कुरा सिक्ने वा विगतमा मैले नगरेको काम गर्ने कुरालाई नश्चित गरिरहेकी हुन्छु ।’

उनको तेस्रो बानी भनेको व्यवहारिक हुने र सधैं आफूले गर्ने कामहरुलाई सुचि बनाएर पुरा गर्ने हो । उनी भन्छिन्, ‘म बच्चा हुँदा यो सुचि मैले परिक्षाको समयमा के पढ्ने भन्ने कुराको वरपर हुन्थ्यो । अहिले यो केही परिस्कृत भएको छ । मलाई लाग्छ, ठूलो कामको लागि प्रविधिसँगै पुरानो शैलीमा कुराहरुको निगरानी पनि राख्नु पर्छ ।’

शोमाको चौथो बानी भनेको आफुले गर्ने कामसँग सम्बन्धित सरोकारवाला व्यक्तिहरुसँग नियमित रुपमा सम्पर्कमा रहनु हो । उनी यी व्यक्तिहरुसँग अन्तरक्रिया गरिरहन्छिन् किनकी यो निकै महत्वपूर्ण हुन्छ । उनी भन्न्छिन्, ‘तपाईंले यस्तो गर्नुभएन भने कहिलेकाही आफूले पाउनुपर्ने अवसर वा दिनुपर्ने कुरा पनि गुमाउनु हुन्छ ।’

‘ह्याटन नेसनल बैंक’मा प्रमुख रुपान्तरण अधिकारी रहेकी एल चिरन्थी कोरे स्टेफेन कोभेको दोस्रो नम्बरको बानीको ठूलो प्रशंसक हुन्, जसले भन्छ– दिमागमा अन्त्यलाई लिएर सुरुवात गर्नुहोस् । उनको जीवनको आदर्श नै यही हो । उनले रणनीति कार्यानवयनमा सफलता र उत्कृष्टता यहि बानीमा प्रतिबद्ध रहेर हासिल गरेकी छिन् ।

उनको दोस्रो बानी भनेको नयाँ वर्षका लागि संकल्पहरु लेख्नु हो । उनी भन्छिन्, ‘मेरा संकल्पहरु एक प्रकारको पाङ्ग्रामा लेखेर राख्छु, जसलाई काटाले फरक फरक क्षेत्रमा देखाइरहेको हुन्छ । म ठीक बाटोमा छ कि छैन भन्ने सुनिश्चित गर्नका लागि वर्षको मध्य समयमा यसको समिक्षा गर्छु । उदाहरणका लागि परिवार, करिअर, आध्यात्मिकता, फिटनेस, लगानीजस्ता कुराहरु हुन्छन् । सामान्यतया म धेरै कुरा हासिल गर्छु पनि ।’

उनको अर्को बानी भने बानीभन्दा पनि उनको व्यक्तित्व हो । उनी भन्छिन्, ‘म खुल्ला स्वभावको छु र हरेक मानिसलाई स्वीकार गर्छु । म मानवतामा विश्वास गर्छु ।’

मोनु जैनको भने योजना बनाउने र व्यवस्थित हुने बानी छ । उनी भन्छिन्, ‘म एकदमै पात्रोमा चल्ने मानिस हो । यसो गर्दा हरेक दिनको सहुपयोग हुन्छ । महिलाले आमा, छोरी र पेशागतजस्ता थुप्रै भूमिकाहरु निभाउनुपर्छ । हामीले दैनिकरुपमा धेरै कुरा मिलाउनुपर्छ र कुनै कुरा नबिग्रियोस् भनेर पनि ध्यान दिनुपर्छ ।’

समयको व्यवस्थापनबाहेक मोनुको उत्कृष्टताका लागि प्रयास गर्ने बानी छ, जसले उनलाई उनको व्यावसायिक करिअरमा सहयोग गरेको छ । उनी भन्छिन्, ‘यो मभित्र जन्मजात भएको बानी हो । यसले मेरो पाइलालाई उत्कृष्टतातर्फ बढाउन मद्दत गर्छ ।’

मोनुको अर्को बानी भनेको ध्यान गर्नु हो । उनलाई लाग्छ, ध्यान गर्ने कुरा बृद्ध र पेशाबाट रिटायर्ड भएकाहरुका लागि मात्रै होइन । यसले शान्त र सहनशिल हुन मद्दत गर्ने उनी बताउँछिन् ।

‘यसले मलाई मेरो एकाग्रता बढाउन सहयोग गर्छ, जसले फलस्वरुप मेरो दक्षता बढाउँछ,’ उनी भन्छिन्, ‘अध्यात्मसँगै तपाइसँग काम गर्ने तपाईका वरपरका मानिहिरुका लागि पनि सहानुभुति आउँछ ।’

‘लिजप्लान इण्डिया’मा प्रमुख वित्तिय अधिकारीको भूमिकामा रहेकी नितु सम्रा र मोना जैनबीच धेरै कुराहरु समान छन् । उनका प्रमुख दुई बानीहरु रुचिको काम गर्ने र योजना बनाउने हुन् । उनी भन्छिन्, ‘यी दुई बानीले मलाई निकै सहयोग गरेका छन् । यदि तपाईमा कुनै कुराप्रति रुचि छ भने त्यो कुरा हासिल गर्न केहीले पनि रोक्न सक्दैन् । तर, सँगै अर्को महत्वपूर्ण कुरा योजना पनि हुन्छ ।’

चिरन्थीको जस्तै ‘एजेज फेडेरल लाइफ इन्सुरेन्स कम्पनी’मा प्रमुख कार्यकारी अधिकृत रहेकी ललिथा भाटिया पनि स्टेफेन कोभेको ठूलो प्रसशंक हुन् । युवा म्यानेजरको रुपमा काम गर्दाका दिनहरुमा उनले यीमध्ये धेरै बानीहरु निकै उपयोगी भएको पाएकी थिइन् ।

‘मैले पुस्तकमा भएका मध्ये केही बानीहरुलाई अनुशरण गर्ने गरेकी थिएँ,’ उनी भन्छिन्, ‘अलि सक्रिय हुने, अन्त्यबारे सोचेर सुरुवात गर्ने र आफूसँग काम गर्ने सहकर्मीहरुसँग समन्वय गर्दा मलाई सहयोग भयो । यीमध्ये केही बानीहरु कर्पोरेट संसारमा निकै उपयोगी छन् । महिलाको रुपमा हामीसाग सधै. समयको कमि हुन्छ । एउटा बानी भनेको महत्वपूर्ण चीजहरुलाई अगाडि राख्नु हो, जसले तपाईंलाई आवश्यक र महत्वपूर्ण बीच छुट्याउन सहयोग गर्छ । मलाई लाग्छ, यीनै बानीहरु उपयोगी हुन्छन् ।’

‘कालुपुर कर्मसियल कोअपरेटिभ बैंक’मा एजिएम तथा एचआर रहेकी मौलि बोडीवाला समस्या र त्यसको समाधान नै बानी भएको बताउँछिन् । उनी भन्छिन्, ‘हरेक दिन उठ्ने बित्तिकै हामीसँग धेरै फोन, ह्वाटसएप म्यासेज र गर्नका लागि अरु धेरै कुराहरु हुन्छन् । हामी धेरै कुराहरुमा मोडिन्छौं । तर, हामीले गर्नुपर्ने कुरा आफ्नो पेशाको शुरुवातपछि पहिलो १५ मिनेट विभिन्न कुराहरुलाई प्राथमिकतामा राख्नु हो । हामीले कुनै पनि बैठकमा भाग लिँदा फोन उठाउनु हुँदैन । दैनिक गर्ने कामको जानकारी हुनुपर्छ र विचलित हुनु हुँदैन ।’

त्यसो नगरेमा मानिस छिटो त पुग्ने, तर गलत दिशामा पुग्ने उनी बताउँछिन् । उनी हरेक दिनको सुरुवातमा १५ मिनेट आफ्ना प्रमुख कुराहरुको जानकारी राख्ने र त्यसबाट के लिन सक्नु भन्ने बारे सोच्ने बानी भएको बताउँछिन् ।
‘पहाल फाइनेन्सियल सर्भिसेस’मा कार्यकारी प्रमुख रहेकी पुर्वी भाभ्सरसँग पनि यस्ता थुप्रै बानीहरु छन् । उनको पहिलो बानी भनेको प्रश्नहरु सोध्ने सोच बाउनु हो । दोस्रो बानी हरेक कुराको विस्तृत जानकारी लिनु भएको बताउँछिन् उनी ।

भाभ्सर भन्छिन्, ‘उत्कृष्टताको खोज गर्नु, असफल हुनु विकल्प नभएकाले त्यसबाट बच्नु, सचेत र केन्द्रित भएर काम गर्नु, समयको ख्याल गर्नु, पढ्नु मेरा बानीहरु हुन् ।’

पेशागत र व्यक्तिगत जीवनमा सफल हुन आवश्यक बानीहरु

१. आत्म अनुशासित हुने
२.यात्राका लागि छुट्टी लिने
३. आफ्नो रुचिलाई विस्तार गर्ने
४. पढ्ने
५. सिक्ने (नयाँ सिपहरु)
६. गर्ने कामहरुको सुचि बनाउने
७. सरोकारवालाहरुसँग सम्पर्कमा रहने
८. जोशिलो रहने
९. योजना बनाउने
१०. प्राथमिकता छुट्याउने
११. आफैंलाई चुनौती दिने
१२. रचनात्मक प्रतिक्रिया लिने
१३. असफलतालाई स्वीकार्न सिक्ने
१४. मिहेनतले काम गर्ने
१५. लगनशील हुने
१६. प्रभावकारीरुपमा सञ्चार गर्ने
१७. हामी भन्ने दृष्टिकोण राख्ने (सामुहिक दृष्टिकोण)
१८. टिमका सदस्यहरुलाई श्रेय दिने
१९. अन्त्यलाई ध्यानमा राखेर काम शुरु गर्ने
२०. अरु मानिसलाई स्वीकार्न सिक्ने
२१. उत्कृष्टताका लागि प्रयास गर्ने
२२. ध्यान गर्ने
२३. सक्रिय रहने
२४. सहकर्मीहरुसँग तालमेल गर्ने
२५. सन्तुलनमा रहने
२६. प्रश्न सोध्ने
२७. विवरणहरुमा ध्यान दिने
२८. अति केन्द्रित हुने
२९. समयको ख्याल गर्ने
३०. समयको उचित व्यवस्थापन गर्ने ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ००:००  ३ : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping