माओवादी केन्द्रको घोषणापत्रः दुई अंकको आर्थिक वृद्धि हासिल हुने आधार निर्माण गर्ने « Eglish Khabarhub

माओवादी केन्द्रको घोषणापत्रः दुई अंकको आर्थिक वृद्धि हासिल हुने आधार निर्माण गर्ने


१४ कार्तिक २०७९, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषणापत्र सार्वजनिक गरेको छ ।

सोमबार पार्टी कार्यालय पेरिस डाँडामा घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकासलाई प्रकृतिमैत्री बनाउने, दुई अंकको आर्थिक बृद्धि हाँसिल हुने आधार निर्माण गर्ने, पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादन एकाइहरुको नेतृत्व गर्न परिचालन गर्ने बताए ।

उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए । पार्टीले आगामी ५ वर्षमा आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा प्रमुख जोड दिने भएको छ ।

जमिन, जङ्गल, पानी, खानी र जैविक विविधता लगायतका प्राकृतिक स्रोतको उच्चतम उपयोग गर्ने, स्वास्थ्य र शिक्षामा राज्यको लगानी वृद्धि र प्रभावकारी व्यवस्थापन तथा नियमन गर्दै सर्वसुलम एवम् गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा जोड घोषणापत्रमा उल्लेख छ ।

गाउँ–गाउँ पुग्ने पर्यावरणमैत्री दिगो पूर्वाधार विकास गर्ने, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक र सांस्कृतिक विभेदको अन्त्य र विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, हरेक उमेर समूह र वर्गका नागरिकका लागि सबल सामाजिक सुरक्षा प्रणालीको व्यवस्था गर्ने, भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती विरूद्ध प्रभावकारी सुशासनमा जोड दिने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा स्थिरता, शान्ति र समृद्धिको लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्ने, न्यायपालिका र प्रशासन संयन्त्रको जनमुखी पुनसंरचना गर्ने, युवा शक्तिलाई देश निर्माणमा परिचालन गर्ने, विदेशमा रहेकालाई स्वदेश फर्कने वातावरण बनाउने घोषणापत्रमा उल्लेख छ ।

कृषि क्षेत्रको रुपान्तरण गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्ने, हरेक क्षेत्रमा सामूहिक उत्पादन प्रणालीको विकास गरी कार्यान्वयन गर्ने, निजी क्षेत्रको लगानी र राष्ट्रिय पुँजीको विकासलाई प्रोत्साहन गर्ने तथा मजदुर, किसान, श्रमजीवी र विपन्न वर्गलाई समृद्धिको केन्द्रमा राख्ने योजना घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ००:००  ३ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping