![](https://internal.appharu.com/wp-content/uploads/2022/11/sher-bahadur-deuba-vs-sagar-dhakal-768x432.jpg)
काठमाडौं । डडेलधुरा प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।
उक्त क्षेत्रमा हालसम्म भएको मतगणनामा देउवाले ६ हजार ८८० मत प्राप्त गरेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले हालसम्म ३ हजार ६६६ मत प्राप्त गरेका छन् ।
देउवा र ढकालबीच हालसम्म भएको मतगणनामा ३ हजार २१४ मतान्तर देखिएको छ ।
सो क्षेत्रमा तेस्रो स्थानमा नेकपा एमालेको समर्थन पाएका नेपाली कांग्रेस (बी.पी)का उम्मेदवार कर्णबहादुर मल्ल रहेका छन् । उनले हालसम्म १ हजार ९३२ मत प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS