एमाले अध्यक्ष केपी ओली करिब दोब्बर मतले अगाडि « Eglish Khabarhub

एमाले अध्यक्ष केपी ओली करिब दोब्बर मतले अगाडि



झापा । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना जारी छ ।

जारी मत गणनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार ओलीले १५ हजार ५१० मत पाएका छन् । उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९५५ मत पाएका छन् ।

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोख्रेलले २ हजार ८८३ मत पाएका छन् भने जनमत पार्टीका भीम राजवंशीले १ हजार ११६ मत पाएका छन् ।

Publish on: