
काठमाडौं । ललितपुर–१ मा प्रतिनिधिसभा निर्वाचनपश्चात भएको मतगणना सकिएको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा निर्वाचित भएका छन् ।
राणाले नेकपा एमालेका नवराज सिलवाललाई पछि पार्दै जीत निकालेका हुन् ।
अघिल्लो पटक २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रमा अहिलेकोभन्दा ठीक विपरित मत परिणाम थियो । एमालेका सिलवालले कांग्रेसका राणालाई हराएका थिए ।
तर, पाँच वर्षपछि पुनः परिणाम उल्टिएको छ । सम्पूर्ण मतगणना हुँदा कांग्रेसका उम्मेदवार राणाको जीत भएको छ ।
ललितपुर जिल्लाको निर्वाचन अधिकृतको कार्यालयकाअनुसार अन्तिम मत परिणाम र औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
SHARE YOUR THOUGHTS