मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामकुमारी झाँक्रीलाई पराजित गर्दै गोकर्ण विष्ट गुल्मी २ बाट निर्वाचित


गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । उनले तेस्रो पटक प्रतिनिधि सभामा जित निकालेका हुन् ।

विष्टले गठबन्धनबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन आयोगकाअनुसार विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे भने झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी छन् ।