
काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सबीच हुने भनिएको एक्विजिसन (प्राप्ति)को काम पूर्ण रुपमा अन्त्य भएको छ ।
क्यापिटलको आग्रह अनुसार प्राप्तिको सबैका काम अन्त्य भएको बैंकले जनाएको छ । बैंकका अनुसार फाइनान्स र बैंकको प्राप्ति गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भइसकेको थियो ।
मंसिर १ गते फाइनान्सले पठाएको पत्रबाट प्राप्तिबाट सबै प्रकृया स्थायी रुपमा नै स्थगित थरी संयुक्त मर्जर प्रकृया तथा एक्विजिसन समिति समेत भंग गर्न अनुरोध गरेको थियो ।
उक्त अनुरोध अनुसार बैंकको ८ गते बसेको संचालक समितिको बैठकले फाइनान्सलाई प्राप्ति गर्न अघि बढाएको प्रकृया अन्त्य गर्ने निर्णय गरेको छ ।
SHARE YOUR THOUGHTS