
काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले मंगलबार जारी गर्न लागेको ९१, १८२ र ३६४ दिनका लागि जारी गर्न लागेको ट्रेजरी बिलका लागि आज मध्यान्न ३ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । यो फागुन १६ गते परिपक्व हुनेछ ।
१८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । यो २०८० जेठ १६ गते परिपक्व हुनेछ । त्यस्तै, ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ ।
यो ट्रेजरी २०८० मंसिर १२ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
SHARE YOUR THOUGHTS