
काठमाडौं । एक साताको अवधिमा बैैंकिङ प्रणालीमा निक्षेप बढुनुका साथै कर्जा प्रवाह पनि केही बढेका छ ।
लामो समयदेखि कर्जा लगानी सुस्त रहेको भएपनि गत साता भने केही बढेको छ । ३ अर्ब ७० करोड रुपैयाँ निक्षेप थपिँदा २६ वटा बैंकले २ अर्ब १९ करोड रुपैयाँले कर्जा प्रवाह बढाएका छन् ।
मंसिर २ गतेसम्म ४५ खर्ब ५७ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेकामा ९ गतेसम्म आइपुग्दा ३ अर्ब ७० करोड रुपैयाँले बढेर ४५ खर्ब ६१ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
यस्तै धेरै समय पछि प्रणालीबाट कर्जा प्रवाह पनि बढेको छ । मंसिर २ गतेसम्म ४२ खर्ब १९ अर्ब ३८ करोड रुपैयाँ रहेकामा ९ गतेसम्म आइपुग्दा २ अर्ब १९ करोड रुपैयाँले बढेर ४२ खर्ब २१ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
करिब १ महिनापछि प्रणालीबाट जाने कर्जा बढेको छ । मंसिर ९ गतेसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.८६ प्रतिशत रहेको छ ।

SHARE YOUR THOUGHTS