
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी भत्काउन डोजर लिएर गएपछि तनाव भएको छ ।
आफूहरुको बस्ती भत्काउन लागेको भन्दै सुकुबासी बस्तीकाहरु आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले प्रहरीमाथि ढुंगा मुढा गरेका छन् भने टायर बालेर बिरोध गरिरहेका छन् ।
उनीहरुले काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध नारबाजी गरेका छन् ।

उनीहरुले आफूहरुलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउनुपर्ने वा त्यहीँ खाल्डो खनेर पुर्न चेतावनी दिएका छन् । उनीहरुले गरिबलाई मार्न खोजेको भन्दै शाहको आलोचना गरिरहेका छन् ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।




SHARE YOUR THOUGHTS