
काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिको मतगणना जारी रहेको छ ।
सोमबार राति साढे ९ सम्म निर्वाचन आयोगले अध्यावधिक गरेको विवरण अनुसार नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेले ९४ लाख ६७ हजार ९४२ मत गणना हुँदा २५ लाख ६४ हजार ९७९ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३२ हजर २३७ मत पाएको छ ।
माओवादी केन्द्रले १० लाख ८८ हजार २४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६९ हजार ३८३ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४८ हजार ६७९ मत पाउँदा जनता समाजवादी पार्टीले ३ लाख ४१ हजार ३३९ मत पाएको छ ।
जनमत पार्टीले २ लाख ८४ हजार ८८४ मत पाउँदा नेकपा एकीकृत समाजवादीले २ लाख ६२ हजार १७३ मत पाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले २ लाख ४४ हजार ३१८ मत पाएको छ ।
SHARE YOUR THOUGHTS