
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
बजारमा सामान्य सुधार आउँदा कारोबार रकम भने भटेको छ । बजार मापन गर्ने सूचक २.९९ अंकले बढेर १९५३.३५ बिन्दुमा रोकिएको छ ।
२३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ्ग समूहको उपसूचक ०.९७, उत्पादन तथा प्रशोधन १.२९, निर्जीबन बीमा समूहको उपसूचक १४.६० अंकले घटेको छ भने विकास बैंक २८.१५, जलविद्युत २.५०, जीवन बीमा ३०.८९, माइक्रोफाइनान्स समूहको उपसूचक २५.३० अंकले घटेको छ ।
कारोबारमा धौलागिरी लघुवित्त वित्तीय संस्था, एनसीसी बैंक, खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने एसबीआई बैंक, सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताहरुले गुमाएका छन् । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ ।
कम्पनीको ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र शिवम सिमेन्ट रहेका छन् ।
SHARE YOUR THOUGHTS