
काठमाडौं । मेगा बैंकको लाभांश घटेको छ । बैकले यसअघि प्रस्ताव गरेको लाभांश घटेको छ ।
यसअघि बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७.८३ प्रतिशत अर्थात बोनस ४ र नगद ३.८३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । तर, अहिले भने नेपाल राष्ट्र बैंकले लाभांश घटाएको हो ।
बैंकले कात्तिक २९ गते सञ्चालक समितिको बैठक बसेर ३.८३ प्रतिशत हुन आउने ६१ करोड ७४ लाख १३ हजार ६७३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
बैंकले गरेको उक्त प्रस्तावलाई राष्ट्र बैंकले संशोधन गरेर ६१ करोड २ लाख ४३ हजार २८० रुपैयाँ मात्रै दिन स्वीकृती दिएको छ । बैंकका अनुसार राष्ट्र बैंकले स्वीकृत गरेको लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS