काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाभित्र अतिक्रमण गरेर बनाइएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै उपत्यकाभित्र रहेका सरकारी, पर्ति, ऐलना तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना हटाउन भनेको हो ।
यसरी बनाइएका संरचना सम्बन्धित व्यक्ति वा संस्थाले नहटाएमा प्राधिकरणले हटाउने सूचनामा उल्लेख गरिएको छ । ती संरचना हटाउँमा वा भत्काउँदा लाग्ने लागत पनि सम्बन्धित व्यक्ति वा संस्थाबाट लिइने प्राधिकरणको सूचनामा जनाइएको छ ।
SHARE YOUR THOUGHTS