
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
बैंकको थापाथली शाखाले त्रिपुरेश्वरमा रहेको नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाको लागि १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको छ ।
दृष्टिबिहिन भएकाहरुको संरक्षण गदैं उनीहरुको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उक्त संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको हो ।
बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समिति लाई पंञ्चमुखि गणेश मुर्ती स्थापनाको लागी ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । धार्मिक एवं पर्यटकिय क्षेत्र विकासमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकको ठुटिपिपल शाखाद्वारा ओमसत्तिया गाँउपालिका–१, रुपन्देहीमा अवस्थित श्री गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, ढिके पिङ्ग लगायतका सामाग्री हस्तान्तरण गरिएको छ । मनोरञ्जनका गतिविधिहरुले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पु¥याउने हुदा बैंकले बाल उद्यानका लागि सामाग्री हस्तान्तरण गरेको हो ।
SHARE YOUR THOUGHTS