![](https://internal.appharu.com/wp-content/uploads/2022/01/bank-photo-768x576.jpg)
काठमाडौ । बैंकिङ प्रणालिमा निक्षेप तथा कर्जा प्रवाह दुवै बढेको छ ।
एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको हो । नेपाल बैंकर्स संघकाअनुसार मंसिर १० देखि मंसिर १६ गतेसम्म प्रणालिमा निक्षेप ११ अर्ब रुपैयाँले बढेको हो ।
मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ६२ अर्ब रुपैयाँ रहेको थियो १६ गतेसम्म वाणिज्यमा बैंकहरुको कुल निक्षेप ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ ।
एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ । मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा मंसिर १६ गतेसम्म १ अर्बले बढेर ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।
१६ गतेसम्म बैकको सीडी रेसियो ८६.७६ प्रतिशत रहेको छ । मंसिर ९ गतेसम्म सीडी रेसियो ८६.८६ प्रतिशत थियो ।
SHARE YOUR THOUGHTS