![](https://internal.appharu.com/wp-content/uploads/2019/08/Siddhartha-Bank.jpg)
काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८/०७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
मंसिर २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३.१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले १२.५० प्रतिशत बोनस सेयर अर्थात एक अर्ब ५६ करोड ५५ लाख ३५४ रुपैयाँ र ०.६६ प्रतिशत नगद लाभांश (बोनस सर कर प्रयोजनका लागि मात्र) अर्थात आठ करोड २३ लाख ९७ हजार ५४५ रुपैयाँ गरी कुल १३.१६ प्रतिशत अर्थात एक अर्ब ६४ करोड ७९ लाख ५० हजार ८१९ रुपैयाँ लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित उक्त लाभांश् नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण हुने छ ।
SHARE YOUR THOUGHTS