![](https://internal.appharu.com/wp-content/uploads/2022/12/sit-lahar-768x360.jpg)
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशको तराई भूभागका केहि स्थानहरुमा हुसु/कुहिरो लाग्नुको साथै पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशााले जनाएको छ ।
आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
SHARE YOUR THOUGHTS