![](https://internal.appharu.com/wp-content/uploads/2022/12/arju-768x512.jpg)
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छन् ।
आइतबार निर्वाचन आयोगबाट समानुपातिकमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री पत्नी आरजुले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरिन् ।
संसदीय प्रणालीमा संख्याको खेल हुने भन्दै उनले देउवासँग सांसदहरुको धेरै संख्या रहेको बताइन् । ठूलो दल पनि कांग्रेस भएकाले प्रधानमन्त्रीमा स्वभाविक रुपमा शेरबहादुर देउवा हुने उनको भनाइ थियो ।
पार्टीका अन्य नेताहरुले संसदीय दलको नेतामा आकांक्षा राख्नु स्वभाविक भएको उनको भनाइ थियो ।
‘जितेर आउनुभएको छ । उहाँहरुले दाबी गर्नु स्वभाविक नै हो । तर प्रजातन्त्र र संसदीय अभ्यासमा एउटा नम्बरको खेल हुन्छ । त्यसमा आधारित हुन्छ कि को पदमा आउँछ भनेर । मलाई ज्योतिषी ज्ञान आउँदैन । प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ । धेरै संख्या पनि हामीसँगै छ ।’
SHARE YOUR THOUGHTS