मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधव नेपाल अस्पताल भर्ना


फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएसँगै अस्पताल भर्ना भएका छन् ।

अध्यक्ष नेपालको नीजि सचिवालयका अनुसार रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएकोले उपचार‍का लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।

उनको उपचारमा अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली खटिएको छ ।

संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।