काठमाडौं । नविल बैंकले धितोमा राखिएको सवारी साधन र सम्पत्तिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरे पनि ऋणीले कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो।
बैंकले बैंकको शाखा कार्यालय चौराह, बुटवल, शाखा कार्यालय धुम्बराही, काठमाडौं, शाखा कार्यालय, लेक साइड, पोखरा र शाखा कार्यालय जीतपुर, बाराबाट कर्जा लिएका ऋणीहरुको नाममा रहेको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको हो ।
बैंकमा राखिएको धितो जहाँ जे जस्तो अवस्था र परिमाण्मा छ, सोही अवस्थामा र परिमाणमा प्रचलित कानून, बैंक तथा वित्तीय संस्था सम्बन्धी एैन, २०७३ एंव बैंक नियमअनुसार गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम बिक्री गरी बैंकको लोना असुल उपर गर्नका लागि आज १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।
बैंकले शाखा कार्यालय, चौराहा, बुटवलअन्तर्गतका संयुक्त ऋणी कम्पनी केराबारी सप्लायर्स, ऋणी कम्पनीका सञ्चालकहरु तथा व्यक्तिगत जमानतकर्ताहरुको नाममा रहेको ऋणी केराबारी सप्लायर्सको भाडाको सवारी साधन दर्ता नं.लु.२ ख. ३७५२ भएको ट्रिपर बिक्री गर्ने छ ।
यस्तै, बैंकले सोही शाखा अन्तर्गतका ऋणी राजेश कुमार कोइरीको नाममा रहेको भाडाको सवारी साधन दर्ता, नं. लु. २ ख ३१९७ भएको टाटा ट्रिपर बिक्री गर्ने छ ।
शाखा कार्यालय धुम्बाराही, काठमाडौं शाखाबाट ऋण लिएका ऋणी मन बहादुर पुन मगरको नाममा रहेको साविकको उरहरी गाविस वडा नम्बर ४ स्थित सिट नमबर ४ घ कित्ता नम्बर ५९३ को क्षेत्रफल ०-५-०-० विगाहामा भएको घर/जग्गा लगायतका लिगलगापात समेत र ऋणी गिता बोहराको नाममा रहेको भाडाको सवारी साधन दर्ता नं बा ४ ख. ५३७४ भएको टाटा बस र पदम सिंह पालीको नाममा रहेको बा ४ ख. ७२४५ भएको निसान माइक्रोबस बिक्री गर्ने भएको हो ।
बैंकको शाखा कार्यालय लेकसाइड पोखरा अन्तर्गतका ऋणी विजय कुमार प्रधान र व्यक्तिगत जमानत सानु प्रधानको नाममा रहेको सावारी साधान दर्ता नं बा २१ च. १९६७ भएको फ्रिस्टाईल १.२ पेट्रोल कार बिक्री र्नेछ ।
यस्तै, बैंकले शाखा कार्यालय जीतपुर, बाराका ऋणी हरिचन्द्र दास र व्यक्तिगत जमानीकर्ता गीता देवी दास कथवनियाको नाममा रहेको भाडाको सवारी साधन दर्ता नं ना. ६ ख ६४९७ को टाटा ट्रक र ऋणी सुरेन्द्र ढकालको भाडाको सावारी साधन दर्ता नं ना ६ ख ६८२८ को भएको महिन्द्रा ट्रिपर बिक्री गर्नेछ ।
बैंकबाट कर्जा लिएका ऋणीहरुले तथा सोको धितो जमानतकर्ताहरुले ऋण लिदाँ गरिदिएको लिखत र ऋण स्वीकृतिपत्रको शर्तमा तोकिए कमोजिम बैंकलाई तिर्नु बुझाउनु पर्ने साँवा किस्ता तथा ब्याँज समेतका रकमहरु तिर्न बुझाउन पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी बैंकसँग भएको ऋण कर्जा सम्बन्धी शर्तहरु उल्लङ्घन गरेको बैंकले जनाएको छ ।
कर्जा चुक्ता भुक्तान गर्न आउने ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि ऋणी तथा जमानतकर्ता कसैले पनि ऋण कर्जाको बाँकी सावाँ र ब्याँज चुक्ता भुक्तान गर्न तर्फ चासो नदेखाई वेवास्ता गरी ऋण पछ्र्यौट नगरेको हुनाले कर्जा लिएका ऋणीहरुको नाममा रहेको सवारी साधन तथा घरजग्गा बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS