![](https://internal.appharu.com/wp-content/uploads/2023/01/samata-gharelu-laghubitta-768x408.jpg)
काठमाडौं । समता घरेलु लघुवित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
यी दुई कम्पनीले मर्जरमा सम्झौतापत्रमा पुस १८ गते सोमबार हस्ताक्षर गरेका हुन् ।
मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएसँगै यी कम्पनीहरुको सेयर कारोबार समेत रोक्का भएको छ ।
कम्पनीहरुले आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राख्ने व्यवस्था गरिदिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई अनुरोध गरेका छन् ।
SHARE YOUR THOUGHTS