![](https://internal.appharu.com/wp-content/uploads/2021/06/agriculture-development-Bank.jpg)
काठमाडौं । कृषि विकास बैंकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्न आवेदन माग गरिएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र कृषि विकास बैंकको सीईओ पदपूर्ति सम्बन्धी कार्यविधि, २०७९ का आधारमा आवेदन माग गरेको छ ।
आवेदन दिने आवेदकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/01/CE751A37-6854-49D2-A747-9E0166BB7D08-322x768.jpeg)
SHARE YOUR THOUGHTS