बैंकहरुले ब्याजदर कम गरे व्यवसायीहरुको मनोबल उच्च हुनेछः अग्रवाल « Eglish Khabarhub

बैंकहरुले ब्याजदर कम गरे व्यवसायीहरुको मनोबल उच्च हुनेछः अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा ध्यान दिन राष्ट्र बैंकसँग आग्रह गरेका छन् ।

सोमबार काठमाडौं ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले बैंकको ब्याजदरमा केही कर्म गर्नसके उद्योगी र व्यवसायीहरुको मनोबल उच्च बन्ने बताएका हुन् ।

अध्यक्ष अग्रवालले ग्लोवल आईएमई बैंक देशकै ठूलो बैंक बनेसँगै आगामी दिनमा बैंकको ब्याज घटाउने दिशातिर लाग्न सुझाव दिए । उनले सीडी रेसियो सहज हुँदै गइरहे पनि बैंकहरुमा लगानी गर्ने आत्मविश्वास आउन नसकेको बताए ।

बैंकहरुले लगानी गर्ने आत्मविश्वास बनाउन राष्ट्र बैंकसँग आग्रह गरे । उनले अहिले तरलता सहज भइरहेको भन्दै इन्भेष्टिबल लगानीलाई उत्पादनमुखी क्षेत्रमा कसरी लगाउन सकिन्छ भन्नेबारेमा ध्यान दिन आवश्यक रहेको बताए ।

‘ब्याजदरमा केही कमी ल्याउन पाए उद्योगी व्यवसायीहरुको मनोबल बढ्नेछ । यसमा मुख्य भुमिका खेल्न ग्लोवल आईएमई बैंकले अग्रता लिनुपर्छ । बैंकको ब्याज घटाउनेतिर अघि बढ्नुपर्छ । सिडी रेसियो पनि सजिलो हुँदै गइरहेको छ । ८६,८७ पुगेको छ । बैंकले लगानी गर्ने वातावरण बनाउन आग्रह गर्न चाहन्छु । इन्भेष्टिबल फण्डलाई उत्पादनमुखी कसरी बनाउने भन्नेबारेमा सोच्न आग्रह गर्दछु । नयाँ सरकारको पहिलो प्राथमिकतामा अर्थतन्त्र हुने भन्नुभएको छ, यसको लागि धन्यवाद दिन चाहन्छु । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको बेलामा ब्याजदर घटाउने र तरलता सहज बनाउने भन्नेमा सोचिन्छ भन्ने आशा छ’ उनले भने ।

अध्यक्ष अग्रवालले नयाँ सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र सुधार गर्नु रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नेमा विश्वास लिएको बताए ।

Publish on: