![](https://internal.appharu.com/wp-content/uploads/2023/01/sherbahadur-deuba-768x448.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको पहिलो बैठकमा गरेको सम्बोधनप्रतिय गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
सोमबारको पहिलो बैठकमा एमाले अध्यक्ष ओलीले संसद् विघटनको आफ्नो कदमको वचाउ गरेका थिए ।
जवाफमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनेक्रममा संसदमा बोल्दै देउवाले सर्वोच्चको फैसलाविपरीत ओलीको सम्बोधन रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
‘संसद विघटनको सवालमा केपी ओलीले गरेको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको बोलीपछि संविधानको रक्षाका लागि खरो रूपमा उभिने बेला आएको छ,’ देउवाले भने ।
SHARE YOUR THOUGHTS