मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश दिने, बोनस कति ?


काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २५.२६ लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस २२ र कर प्रयोजन सहित ३.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति गरेर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।