मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वावलम्बन लघुवित्तले २१.०५ प्रतिशत लाभांश दिने


काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २१.०५ लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस १५ र कर प्रयोजन सहित ६.०५ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति गरेर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।