मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देवराज घिमिरे सभामुखमा निर्वाचित


काठमाडौं । सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन् ।

बिहीबार प्रतिनिधि सभामा सभामुख चयनका लागि भएको मत विभाजनमा गठबन्धनतर्फबाट एमाले सांसद घिमिरे निर्वाचित भएका हुन् ।
घिमिरेले २६८ उपस्थित प्रतिनिधि सभा सदस्यमध्ये १६७ को मत पाएका थिए । उनको विपक्षमा १०० मत दिएका थिए । १ सांसदले भने दिन्न भन्ने पक्षमा मत दिएका छन् ।