मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा अवतरण हुन नसकेपछि भारत पुग्यो क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज


फाइल तस्बिर

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट नेपाल आइरहेको नेपाल एयरलाइन्सको जहाज मौसमका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको कोलकत्ता पुगेको छ ।

विमानस्थलको वेबसाइटमा राखिएको सूचनाकाअनुसार नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंमा खराब मौसमका कारण अवतरण हुन नसकेको हो ।

काठमाडौंको आकाशमा पटक पटक फन्को मारेर अवतरण गर्न खोजेपनि नसकेपछि विमान अहिले कोलकत्तामा अवतरण गरेको छ ।

शुक्रबार बिहानबाटै काठमाडौं क्षेत्रमा खराब मौसमका कारण भिजिबिलिटी निकै कम रहको छ ।