![](https://internal.appharu.com/wp-content/uploads/2018/08/Gold.jpg)
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको थियो । शुक्रबार १३ सय ७५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS