एभरेष्ट बैंकको नाफा ८९.२९ प्रतिशतले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ? « Eglish Khabarhub

एभरेष्ट बैंकको नाफा ८९.२९ प्रतिशतले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?



काठमाडौं । चालु आवको ६ महिनामा एभरेष्ट बैंकको नाफा ८९.२९ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकको नाफा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयँ पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले २ अब{ ८४ करोड ६९ लाख ६८ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

१० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९० करोड ९ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

बैकको खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.५५ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म एक खर्ब ८० अर्ब ७९ करोड २९ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब ५७ अर्ब ९२ करोड ७३ लाख ६२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६९ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ २२१ रुपैयाँ ३९ पैसा रहेको छ ।

Publish on: