![](https://internal.appharu.com/wp-content/uploads/2020/07/sunrise-bank.jpg)
काठमाडौं । सनराइज बैंकले विभिन्न स्थानमा रहेको ४० ठाउँको घरजग्गासहित अपार्टमेन्ट बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै उक्त ठाउँमा रहेको घरजग्गा बिक्री गर्न लागिएको जानकारी दिएको हो ।
‘बैंकको गैर सम्पत्तिहरु (घरजग्गा) जहाँ जे जस्तो अवश्थामा छ, सोही अवस्थामा लिलाम बिक्री गरिनेछ,’ बैंकको सूचनामा उल्लेख छ ।
बैंकले मोरङ्, सुनसरी, तेह्रथुम, काठमाडौं, सुर्खेत, रुपन्देही, झापा, कैलाली, काभ्रे, भक्तपुर र धादिङ जिल्लामा रहेका घरजग्गा बिक्री गर्नेछ ।
यस्तै, बैंकले बैंकको मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा दर्ता कायम भएको काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नम्बर २७, सिद्धिदास मार्गमा अवस्थीत कित्ता नम्बर २०१६ को कुल क्षेत्रफ ९६८ बर्ग फिट भएको तेस्रो तल्ला (लम्बाई २२ फिट, चौडाइ २२ फिट) र चौथो तल्ला (लम्बाई २२ फिट, चौडाई २२ फिट) को अपार्टमेन्ट बिक्री गर्ने जनाएको छ ।
बैंककाअनुसार माघ २४ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ ।
गोप्य शिलबन्दी बोलपत्र सनराइज बैंकको नेपाल अधिराज्यभरिको कुनै शाखा कार्यालयहरु वा कर्जा असुली विभाग, गैह्रिधारा, काठमाडौंमा पेश गर्न सकिने बैंकले जनाएको छ ।
बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फारम बैंकको कर्जा असुली, विभाग गैह्रिधारा, काठमाडौं वा बैंकको नेपाल अधिराज्यभरिको कुनै पनि शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने छ ।
SHARE YOUR THOUGHTS