रवि लामिछानेको सांसद, मन्त्री र सभापति पद खारेज « Eglish Khabarhub

रवि लामिछानेको सांसद, मन्त्री र सभापति पद खारेज



काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकतासम्बन्धी विववादमा फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको बताएको छ ।

सर्वोच्च अदालतलको संवैधानिक इजलासले लामिछानेले नेपाल नागरिकता नियमावली २०६३ को नियम ११ बमोजिम तोकिएको प्रकृया बमोजिम नागरिकता जारी गर्ने कार्यालमयमा गई निवेदन दिई प्रकृया पूरा गरेनको भन्ने नदेखिएको भन्दै लामिछानेलाई संविधानको धारा ८७(१) तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको दफा १२ को प्रयोजनाका लागि उम्मेदवार बन्न योग्यता पुगेको भनी भन्न नमिलेको फैसलामा उल्लेख गरिएको छ ।

यससँगै लामिछानेको सांसद पद खारेज भएको छ भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बन्न योग्य हुने छैनन् । कुनै पनि गैर नेपालीले नेपालमा राजनीतिक दलको सदस्य बन्न नमिल्ने कानूनी व्यवस्था छ ।

त्यसै गैर नेपालीनागरिक व्यक्ति मन्त्री कायम रहन नसक्ने भएकाले उनको मन्त्री पदसमेत गएको छ ।

Publish on: