![](https://internal.appharu.com/wp-content/uploads/2023/03/kumari-bank-768x403.jpg)
काठमाडौं । कुमारी बैंक र ल्यान्डमार्क होटल एन्ड रिसोर्टबीच कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टको सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले ल्यान्डमार्क होटल एन्ड रिसोर्टका काठमाडौं, चितवन र पोखरा शाखामा आकर्षक छुटको प्रावधान गरेको हो ।
सम्झौताअनुसार कुमारी बैंकका डेबिट-क्रेडिट कार्ड ग्राहकलगायत मोबाइल बैंकिङ प्रयोगकर्ताले ल्यान्डमार्क होटलको सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
देशभर कुमारी बैंकका ३०४ शाखा, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाई र ४९ एक्सटेन्सन काउन्टर छन् ।
SHARE YOUR THOUGHTS