राष्ट्र बैंकले घटायो जीवन विकास लघुवित्तको लाभांश, अब कति पाउँछन् सेयरधनीले ? « Eglish Khabarhub

राष्ट्र बैंकले घटायो जीवन विकास लघुवित्तको लाभांश, अब कति पाउँछन् सेयरधनीले ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश घटाएको छ ।

कम्पनीका अनुसार यसअघि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र ९.३६ प्रतिशत नगद सहित ३७.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले सेयरधनीलाई ३३.१५ प्रतिशत मात्रै लाभांश दिने भएको छ । जसमा बोनस २६ प्रतिशत बोनस र करसहित ७.१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Publish on: