उद्योग वाणिज्य महासंघले अर्थतन्त्रको पछिल्ला अवस्थाका विषयमा छलफल गर्ने « Eglish Khabarhub

उद्योग वाणिज्य महासंघले अर्थतन्त्रको पछिल्ला अवस्थाका विषयमा छलफल गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा सरोकारवाला विज्ञ सहित बृहत छलफल गर्ने भएको छ ।

महासंघले आगामी साता अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीको साथैं नेपाल बैंकर्स संघ र निजी क्षेत्रका अन्य सरोकारवाला निकायलाई बोलाएर छलफल गर्न लागेको हो ।

अर्थतन्त्रमा अहिले देखिएका समस्या कसरी समाधान गर्ने र तत्काल कुन क्षेत्रले के काम गर्दा अर्थतन्त्र सुधार हुन सक्छ भन्ने निष्कर्श निकाल्न बृहत अन्तक्रिया कार्यक्रम आयोजना गर्न लागेको महासंघका महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिए ।

‘विभिन्न जिल्लामा आन्दोलन भइरहेको छ । संवाद भइरहेको छैन,’ अवस्थीले भने, ‘महासंघले सरोकारवाला सबै पक्षलाई एकै ठाउँमा राखेर अहिले देखिएका समस्या कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गराउन खोजेको हो ।’

ब्याजदर घटाउने गरी नीति लिँदै बजार चलायमान बनाउनु पर्ने उद्योगी व्यवसायीको मुख्य माग भएको अवस्थीले बताए ।

‘ब्याजदर कसरी घटाउने, बजारमा माग कसरी बढाउने वा अर्थतन्त्र चलायमान कसरी बनाउने भन्ने विषयमा ठोस निर्णय हुन जरुरी छ,’अवस्थीले भने,‘त्यसैले महासंघले विभिन्न पक्षसँग छलफल गर्न कार्यक्रम आयोजना गर्न खोजेको हो ।’

Publish on: