![](https://internal.appharu.com/wp-content/uploads/2020/07/nrb-1.jpg)
काठमाडौं । सरकारले वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ मार्फत ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । त्यसको ब्याजदर भने १२.५० प्रतिशत रहेको छ । यो ऋणपत्रको अवधि ५ वर्षको रहेको छ ।
यो बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली र गैर आवासीय नेपालीले आवेदन दिन सक्नेछन् । बचतपत्रमा ६÷६ महिनामा ब्याज भुक्तानी गर्ने छ । बचतपत्र घटीमा १० हजार र बढीमा १० हजारले भाग गर्दा निःशेष माग जाने गरी आह्वान गरिएको छ ।
यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन-दिन सकिने छ । यो चैत ३ गतेसम्म बिक्री खुला हुनेछ । यसको निष्कासन १० गते हुनेछ भने साँवा भुक्तानी २०८४ चैत १० गते हुनेछ ।
वैदेशिक रोजगार बचतपत्र खरीद गर्नका लागि १५ वटा वाणिज्य बैंक र रेमिट्यान्स कम्पनी तथा त्यसका एजेन्टमा आवेदन बुझाउन सकिने छ ।
SHARE YOUR THOUGHTS