अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना « Eglish Khabarhub

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना



काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ । उक्त योजना २०७९ चैत १ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गरिनेछ । ग्राहकलाई उक्त कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक २०७९ चैत १७ सम्म गरिने कारोबारमा लागू हुनेछ ।

सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको जनाएको छ । सानिमा नारी बचत खाता बैंकको वेबसाइटबाट पनि खोल्न सकिने प्रमुख निक्षेप व्यवस्थापन रिटेल रमिला श्रेष्ठले जानकारी दिइन् ।

सानिमा बैंकको सातै प्रदेशमा १३० शाखा कार्यालय र १२३ वटा एटीएम सञ्जाल सञ्चालनमा छन् ।

Publish on: