जमिनमा तेल चुहिएपछि कुवेतको तेल कम्पनीद्वारा आपतकालीन अवस्थाको घोषणा « Eglish Khabarhub

जमिनमा तेल चुहिएपछि कुवेतको तेल कम्पनीद्वारा आपतकालीन अवस्थाको घोषणा



एजेन्सी । जमिनमा तेल चुहिएपछि कुवेत आयल कम्पनीले सोमबार ‘आपतकालीन अवस्था’ को घोषणा गरेको छ ।

कुवेती सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा तेलको ठूलो मात्राले पेट्रोलियम पदार्थ बग्दाबग्दै गरेको पाइप घेरिएको देखिएपछि सरकारी स्वामित्वको कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको पश्चिमी भागमा तेल चुहिएपछि आपतकालीन अवस्था घोषणा गरिएको छ ।’

कम्पनीका प्रवक्ता कुसाई अल–आमेरले यो चुहावट आवासीय क्षेत्रमा नभएकाले चुहावटका कारण कुनै क्षति पुगेको र उत्पादनमा पनि कुनै असर नपरेको बताएका छन् । तर अहिलेसम्म चुहावट कहाँबाट भयो भन्नेबारे थाहा भइनसकेको अल–अमेरले बताएका छन् ।

कुवेत एक प्रमुख तेल उत्पादक देश हो, जहाँ सरकारले करिब ९० प्रतिशत राजस्व तेलबाट आर्जन गर्छ । पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) को प्रमुख सदस्य राष्ट्रमध्येको कुवेतले हाल प्रतिदिन लगभग २७ लाख ब्यारेल कच्चा तेल उत्पादन गरिरहेको छ ।

Publish on: