![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस ५० प्रतिशत, नगद लाभांश २० प्रतिशत र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
SHARE YOUR THOUGHTS