
काठमाडौं । केन्द्रीय बैंकले २२ अर्ब १० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
२८, ९१, १८२ र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । केन्द्रीय बैंकले २८ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । यो २०८० वैशाख १२ गते परिपक्व हुनेछ ।
यस्तै ९१ दिनका लागि ११ अर्ब ५० करोड २५ लाख रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । यो आगामी असार १२ गते परिपक्व हुनेछ । १८२ दिन अवधिको ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्ने छ । यो असोज ९ गते परिपक्व हुनेछ । ३६४ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०८० चैत १३ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
ट्रेजरी बिलको प्रमाणपत्र धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने छ । यो संगठित संस्था तथा सर्वसाधारणले पनि खरिद गर्न सक्नेछ्न । ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
SHARE YOUR THOUGHTS