ललितपुरसहित ५ जिल्लामा रहेका घर जग्गा बिक्री गर्दै लक्ष्मी बैंक « Eglish Khabarhub

ललितपुरसहित ५ जिल्लामा रहेका घर जग्गा बिक्री गर्दै लक्ष्मी बैंक



फाइल तस्बिर

काठमाडौं । लक्ष्मी बैंकले विभिन्न ५ वटा जिल्लामा रहेका गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भइएको छ । बैंकले आफूसँग भएको गैर बैंकिङ सम्पत्ति बिक्री गर्नभन्दै ७ दिने गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

बैंकले झापा, इलाम, सुनसरी, ललितपुर र बाँके जिल्लामा रहेको सम्पत्ति बिक्री गर्न सूचना जारी गरेको छ ।

‘बैंकको स्वामित्वमा रहेको बमोजिमको सम्पत्ति जग्गा, घरजग्गा जे-जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने भएको हुँदा खरिद गर्न इच्छुक फर्म, कम्पनी वा महानुभावहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बैंकको सम्बन्धित शाखा कार्यालयहरुमा गोप्य सिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरिन्छ’ सूचनामा उल्लेख छ ।

बैंकले मालपोत कार्यालय दमक झापामा दर्ता कायम रहेको झापा जिल्ला शिवगञ्ज गा.वि.स. वडा नं. ७ को कि.नं १७७७९ को क्षेत्रफल ०-१५-१७१ ४ जग्गा बिक्री गर्ने भएको छ ।

यस्तै मालपोत कार्यालय ईलाममा दर्ता भएको ईलाम नगरपालिका- ३ क स्थित कि.नं. २०२४ र २१२४ को क्षेत्रफल क्रमशः ०-८-३-२ र ०-७-०-२ को जग्गा, मालपोत कार्यालय धरान, सुनसरीमा दर्ता भएको धरान नगरपालिका-१ स्थित कित्ता नं २२४ को क्षेत्रफल ०-०-१२ को घरजग्गा बिक्री गर्ने जनाएको छ ।

यस्तै मालपोत कार्यालय ललितपुरमा दर्ता कायम रहेको ललितपुर नगरपालिका- ३ च स्थित कि.नं २१११, २१२२, २१२१, २१२८, २१२४, २११३, २१२३, २१२५, २११४, २१२७, २११२, २१२६, २१३० र २१२९ को क्षेत्रफल क्रमशः ० ३ १ ० ० १-०-२, ०-२-०-२, ०-०-१-२, ०-३-०-० ०-३-२-०, ०-१०-१, ०-०-१-२, ०-३-०-०, ०-१-३-३, ०-३-३-०, ०-१-३-३, ०-३-२-३ र ० ३ १ २ जग्गा बिक्री गर्ने बैंकले जनाएको छ ।

यस्तै मालपोत कार्यालय नेपालगञ्ज, बाँकेमा दर्ता कायम रहेको सितापुर गाविस-३ स्थित कित्ता नं. ५९० र ५७४ को क्षेत्रफल क्रमशः ६७७२६ र ६७७ २६ वर्ग मिटरको जग्गा सो जग्गामा बनेको घर र बाँके जिल्ला सितापुर गाविस-३ स्थित कि.नं. ५२३ र ५२५ को क्षेत्रफल क्रमशः ४७० र १६०० वर्ग मिटर जग्गा बिक्रीमा रहको छ ।

Publish on: