![](https://internal.appharu.com/wp-content/uploads/2018/03/congress.jpg)
काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजेका लागि बोलाइएको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।
सत्ता गठबन्धनमा कांग्रेसको भागमा अर्थमन्त्रालयसहित ८ वटा मन्त्रालय परेको छ । त्यसका लागि मन्त्रीहरुको चयन हुने छ ।
यही चैत ६ गते विश्वासको मत पुनः लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दललाई सरकारमा सहभागी गराउन आज मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।
SHARE YOUR THOUGHTS